aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मनकामना स्मार्ट लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
मनकामना स्मार्ट लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणमा रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ विक्रीको लागि असार ६ गते बोर्डको अनुमति पाएको हो । 

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ ।  

संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस