aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएमई लाईफ र नेष्डो समृद्धि लघुवित्तद्वारा आईपीओका लागि बोर्डमा निवेदन दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
आइएमई लाईफ र नेष्डो समृद्धि लघुवित्तद्वारा आईपीओका लागि बोर्डमा निवेदन दर्ता

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

आइएमई लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता र नेष्डो समृद्ध लघुवित्तले रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ विक्रीको लागि अनुमति मागेका हुन ।

आइएमई लाईफ इन्स्योरेन्सले जेठ ३१ गते र नेष्डो समृद्ध लघुवित्तले असार ६ गते बोर्डमा निवेदन दिएका हुन । आइएमई लाईफ इन्स्योरेन्सको आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड र नेष्डो समृद्ध लघुवित्तको आईपओि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

नेष्डो समृद्ध लघुवित्तको चुक्तापूँजी हाल रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने आइएमई लाईफ इन्स्योरेन्सको रू. १ अर्ब ४० करोड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस