aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सगरमाथा इन्स्योरेन्सको ११ दशमलव ५८ प्रतिशत लाभांश असार ३० गते पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ असार २०७८
सगरमाथा इन्स्योरेन्सको ११ दशमलव ५८ प्रतिशत लाभांश असार ३० गते पारित हुने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्ताव सँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ ।

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो । त्यस अघि आर्थिक वर्ष ०६८/६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो । 

बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस