aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कृषि प्रधान देश नेपालमा ३० अर्बको चामल आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
कृषि प्रधान देश नेपालमा ३० अर्बको चामल आयात

काठमाडाैं । बर्षेनी कृषि क्षेत्रमा करोडौं लगानी गर्ने गरेको लगानी बालुवामा पानी खन्याए जस्तै भैरहेको छ । कृषि मन्त्रालयकै तथ्याङ्क हेर्ने हो भने वार्षिक ३० अर्बको चामल विदेशबाट ल्याइने गरेको देखाएको छ । 

कृषि क्षेत्रको लागि राज्यले गरिरहेको लगानी वास्तविक किसानको पहुँचसम्म पुग्ने वातावरण (संयन्त्र) नबनेसम्म देशको कुल बजेट नै कृषिमा लगाउँदा पनि उत्पादकत्व क्षमता बढ्ने, किसानको जीवनस्तर उकास्ने र देश कृषिमा अत्मनिर्भर बन्ने सपनामै सिमित हुने देखिएको छ । 

त्यसोत, कृषि उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने योजना बनाएको सरकारले योजना प्रभावकारी कार्यान्वयन गर्न नसक्दा अबौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको हो ।

३० लाख हेक्टर कृषि योग्य जमिन विस्तारै घट्दै गएको छ । अव्यवस्थित शहरीकरण, जथाभावी बस्ती विस्तारले कृषियोग्य जमिन घटिरहेको छ भने, उत्पादित खाद्यान्न पनि घट्दै गएको छ ।

गत वर्षको तथ्यांक हेर्दा १४ लाख ९१ हजार हेक्टरमा रोपिएको धान ५६ लाख १० हजार मेट्रिकटन उत्पादन भएको छ। नेपालको प्रमुख खाद्यबालीमध्येको एक धान उत्पादन बर्सेनी घट्दै गएको भन्दै कृषिविज्ञ भोलामान सिंह बस्नेतले सरकारले कृषिमा आधुनिकीकरण गर्न नसक्दा बर्सेनी उत्पादन घट्ने र लागत बढ्ने अवस्था रहेको दाबी गर्छन ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिक कार्यक्रममा अब कोही भोको बस्नुपर्ने अवस्था आउँदैन भन्ने गरेका छन् । त्यसो त आगामी आर्थिक वर्षको बजेटमा पनि भोकमरीको समस्या हल गर्ने उल्लेख गरिएको छ ।

तर, नीति र भाषणजस्तो काम नुहँदा समस्या बढ्दो छ । खाद्यसंकट कम गर्न विदेशबाट चामल ल्याउने गरिएपनि अहिले खाने संस्कृति फेरिएको छ । नेपाल भित्रने चामलमध्ये बास्नादार चामलको मात्रा धेरै छ ।

प्रतिक्रिया दिनुहोस