aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

यातायात व्यवस्था कार्यालय खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ असार २०७८
यातायात व्यवस्था कार्यालय खुल्यो

काठमाडौं । डेढ महिनादेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय आज (असार ९ गते)देखि खुल्ने भएको छ । यातायात व्यवस्था कार्यालय जगातीले एक सूचना जारी गर्दै आजदेखि कार्यालयका सेवा नियमित सुचारु हुने जानकारी गराएको हो ।

आइतबार काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए । सोसँगै यातायात कार्यालयले आफ्नो विविध सेवा सुचारु गर्ने भएको हो ।

यातायात कार्यालय जगातीका अनुसार भोलिदेखि सवारी चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपी, स्मार्ट लाइसेन्स वितरण, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व संकलन लगायत सेवाहरु सुचारु हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस