aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दूधजन्य पदार्थ बोक्ने सवारीमा जोरविजोर किन राख्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ असार २०७८
दूधजन्य पदार्थ बोक्ने सवारीमा जोरविजोर किन राख्ने ?

काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई जोरबिजोर प्रणालीमा नराखी विना रोकतोक संचालन गर्न अनुरोध गरेको छ । नेपाल डेरी एसोशियसनले दूध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई जोरबिजोर प्रणालीमा नराखी विना रोकतोक संचालन गर्न अनुरोध गरेको हो । 

एसोशियसनले एक विज्ञप्ति जारी गर्दै योभन्दा पहिला भएका निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवतजावत गर्न दिइरहेकोमा यहि असार ८ गतेबाट लागू गरिएको नियम अनुसार गाडीमा जोरबिजोर प्रणालीले अति आवश्यक बस्तुको ढुवानीमा सो कुरा लागू नहुने गरी सहजीकरण गरिदिन सरोकारवाला सबैमा अनुरोध गरेको छ । 
 
हरेक दिन संचालन गर्नै पर्ने र उद्योगमा धेरैवटा गाडी पनि नहुने वाध्यता भएकोले दूध जस्तो अति संबेदनसिल कुरा चाँडै विग्रने हुन्छ । जुन बालकदेखि वृद्धासम्म, जन्मदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा जोरविजोर लगाउन उचित नभएको संघले जनाएको छ ।

 त्यस्तै, यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको व्यहोरा समेत गरेका छन् । यसरी जस्तोसुकै माहामारी, भुकम्प, बन्द, हड्ताल अहिले र पोहोर सालको लकडाउनमा समेत सहज रुपमा बिना रोकतोक आवतजावत गर्न दिइएको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस