aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बीमा संस्थानमा पुनः पाठक नियुक्त, लेखापरिक्षण गरि सक्ने प्रतिवद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ असार २०७८
बीमा संस्थानमा पुनः पाठक नियुक्त, लेखापरिक्षण गरि सक्ने प्रतिवद्धता

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः कविप्रसाद पाठकलाई सरकारले  नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई प्रशासकमा पुनः नियुक्ति गरेको हो । पाठकले भोलि विहीबारदेखि पुनः सस्थानमा दोस्रो कार्यकालका लागि पद सम्हाल्ने छन् । उनी गत जेठ ६ गते नै पहिलो कार्यकाल सकेर संस्थानबाट बिदा भएका  थिए । 

यसअघि ३ वर्षे कार्यकाल सकिएर विदा भएका पाठकले पुनः थप ३ वर्षसम्म संस्थानको प्रशासकको जिम्मेवारी सम्हाल्ने छन् । अबको कार्यकालमा बीमा व्यवसायमा अब्बल संस्थानलाई अघि बढाउन लागि पर्ने बताएका छन् । उनले लेखा परीक्षणको बाँकी काम अबको दोस्रो आफ्नो कार्यकालमा सक्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस