
काठमाडौं । असार ३ गतेदेखि लिलामीमा आएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । कम्पनीले न्यूनतम मूल्य रू. १०० तोकेर उक्त शेयर असार १० गतेसम्म लिलामीमा विक्री खुला गरेको हो ।
बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंको विराटनगर,वीरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट पनि बोलपत्र प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस