aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा लाइफ इन्स्योरेन्सले ११ घातक रोगमा ५० लाखसम्मको स्वास्थ्य सुरक्षा योजना ल्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
सानिमा लाइफ इन्स्योरेन्सले ११ घातक रोगमा ५० लाखसम्मको स्वास्थ्य सुरक्षा योजना ल्यायो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ११ घातक रोगको स्वास्थ्य सुरक्षा बीमा योजना ल्याएको छ ।  उक्त बीमा योजनाअन्तर्गत बीमा प्रस्तावकले निर्धारित बीमा शुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछन्  । बीमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा शर्तहरूको परिधिभित्र रही मुल बीमाङको आधारमा ५० लाख रुपैयाँसम्म बीमा सुविधा एकमुष्ट प्रदान गरिने सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ । 


यस कम्पनिले प्रस्तुत गरेको घातक रोग रक्षावरण योजनाबाट जीवन सुरक्षाका लागि अधिकतम् लाभ लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले  कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकतापर्ने गरी भएको मृगौला विफलता,  निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, मुख्य अंग/बोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, प्राइमरी पलमोनरी आटिरिअल हाइपरटेन्सर, कडा प्रकृतिको प्रथम हृदयघात, स्थायी प्रकृतिको मष्तिष्क घात, विषेश कडा प्रकृतिको कोमा, एओर्टा ग्राफ्ट शल्यक्रिया, कोरोनरी धमनी बाइपास ग्राफ्टलाई सो सुविधान दिने भएको छ ।  

त्यस्तै घातक रोग बीमा सुविधाअन्तर्गत ५० हजारदेखि ५० लाख रुपैयाँसम्म हुनेछ । प्रवेश गर्ने उमेर १८ वर्षदेखि ५५ वर्षसम्म रहेको छ भने अधिकतम् बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्मको रहेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ । त्यसबाहेक घातक रोग निरूपण अवधि ३० दिन कायम गरिएको सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस