
काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गते (शुक्रबारदेखि) निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ बिक्री गर्र्न लागेको हो ।
उक्त आईपीओ छिटोमा असार २५ र ढिलोमा साउन १९ गतेसम्म बिक्रीमा रहनेछ । आवेदकले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था छ । १ करोड ४३ लाख ६५ हजार चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँडपश्चात २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस