
काठमाडौं । प्रिमियर इन्स्यारेन्सका आजसम्मका शेयरधनीले बोनस पाउने भएका छन् कम्पनीको भोलि बुक क्लोज हुँदैछ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताका लागि ८४ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । सो प्रस्ताव असार ३१ गते बस्ने कम्पनीको वार्षिक साधारण सभा पारित गरेपछि वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस