aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जनरल इन्स्योरेन्सको साधारण सभा असार २१ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ असार २०७८
जनरल इन्स्योरेन्सको साधारण सभा असार २१ गते हुने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको तेस्रो वार्षिक साधारण सभा असार २१ गते आव्हान गरेको छ । यस अघि वैशाख २६ गतेका लागि बोलाएको तेस्रो वार्षिक साधारण सभा कोभिडका स्थगित भएको हो । 

कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सर्वसाधारण शेयरधनीहरुलाई आईपीओ जारी गरेपछि पहिलो पटक कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो । 

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म आईपीओ विक्री गरी असोज २० गते बाँडफाँट गरेको थियो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । 

साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिला सहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गराउँने कार्यक्रम रहेको छ । 

सञ्चालनक निर्वाचनका लागि उमेदवारी दर्ताको कार्यक्रम भैसकेकाले कम्पनीले जानकारी दिएको छ । सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन योग्य भएका छन्् । 
 

प्रतिक्रिया दिनुहोस