
काठमाडौं । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीले एक खर्ब २८ अर्ब ८६ करोड बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ३४ करोड र निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ गरि कुल एक खर्ब २८ अर्ब ८६ करोड बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । यसमा राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क समावेश गरिएको छैन।
कुन कम्पनीको कति ?
जीवन बीमा कम्पनी
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
बीमा समितिको तथ्यांक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ८४ लाख ६८ हजार १ सय ३५ वटा बीमा पोलिसी जारी गरि १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोशनले १४ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने ज्योति लाइफको २ अर्ब ६१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यसैगरि, राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ६१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ३५ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १७ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
यस्तै, रिलायन्स लाइफले २ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।
निर्जीवन बीमा कम्पनी
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
बीमा समितिका अनुसार जेठ मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनीले जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
बीमा समितिका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २३ करोड,प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यसैगरि, ओरियण्टल इन्योरेन्सले ९५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस