
काठमाडौं । तेह्थुम पावर कम्पनी लिमिटेडलाई १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न असार १० गते अनुमति दिएको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।
यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्य आयोजना प्रभावित स्थानियका लागि ४ लाख कित्ता र ८ लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस कम्पनीले तेह्थुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको अपर खोरुङ्गाखोेला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस