aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डेढ लाखको जागिर छोडेर गोलभेडा खेती,  मासिक साढे २ लाख आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ असार २०७८
डेढ लाखको जागिर छोडेर गोलभेडा खेती,  मासिक साढे २ लाख आम्दानी

काठमाडौ । थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने देखिए पछि पछिल्लो समयमा कृषि खेति तर्फ युवाहरुको चासो बढेको छ । लगानी पनि थोरै हुने र छिट्टै आम्दानी लिन सक्ने भएकाले कृषि तर्फ लागेको युवाहरुको भनाई छ । पछिल्लो समयमा कोभिड १९ को प्रभावसँगै भएका रोजगारीसमेत गुमाउन पुगे पछि युवाहरु कृषितर्फ आकार्षित भएको हो । 

थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने आशामा कृषिमा होमिएका युवाहरु बजारमा तरकारीको भाउ आकासिए पनि कृषकले भने खासै फाईदा लिन नसके पछि लगानी कसरी उठाउने भन्ने चिन्तामा परेको छ । बजारमा हेर्ने हो भने तरकारीको भाउ छोईनसक्नु छ तर हामीले भने थोरै मूल्यमानै पठाउनु परेको छ, ‘ताजा कृषि तथा पशुपन्छी फार्मका ब्यवस्थापक तथा संचालक सुगम कुमार पाख्रीनले बताए ।’

पाख्रीन नेपालमा लकडाउन हुन केही दिनमात्रै अगाडी दुबईको मासिक डेढलाखको रोजगारीलाई त्यागेर कृर्षि खेति गर्न नेपाल आएका हुन । किसानले राम्रो उत्पादन गरे पनि उपभोक्तामाझ तरकारी पुर्याउँदा महंगो हुने उनको बुझाई छ । 

पाख्रीन जस्तै बिदेशको रोजगारीलाई त्यागेर नेपालमै कही गर्छु भन्नेहरु धेरै छन । पछिल्लो समयको लकडाउनले कसैलाई ब्यवसायी बनाएका छन भने कसैलाई उद्योगी बनाएका छन । छोटो समयमै आम्दानी लिन सक्ने भएपछि पछिल्लो समयमा युवापुस्ता कृषि खेति तर्फ आकार्षित भए पनि सोचै झै नभएको संचारकर्मीसमेत रहेका सोही फार्मका अध्यक्ष राङडोल लामाले बताए ।

उनीहरुले लकडाउन सुरुभएसँगै सुरु गरेको ब्यवसाीले राम्रै आम्दानी लिए पनि आत्मा सन्तुष्टि भने हुन सकेका छैन । करिब साढे १२ रोपनीमा सुरु गरेको गोलभेडा खेतिले भने राम्रै आम्दानी दिनेगरेको लामाले बताए । उनका अनुसार एक सिजनमा गोलभेडा बेचेर मात्रै २० देखि ३० लाख रुपैयाँसम्म कमाउन सकिन्छ । 

२० लाख रुपैयाँ लगानीबाट सुरु गरेको उक्त र्फामले दैनिक ७ जनालाई रोजगारी दिएको अध्यक्ष लामाले बताए ।  लामाका अनुसार गोलभेडा, तितेकरेला, काँक्रा, सिमि बोडी, घिरौंला, लौका, धनियाँ, फर्सी, काउलीलगायतका बिभिन्न सागसब्जीहरु र्फाममा पाउन सकिन्छ । 

तर सरकारले ल्याएको बिभिन्न अनुदानलगायतका कार्यक्रमले भने उनीहरुलाई छुन सकेको छैन । पाख्रीनले भने, ‘अनुदान भनेको हामी जस्तो कृर्षिमा लागेकाहरुलाई होईन रहेछ, यो सबै कागजी प्रकृया मिलाएर खानेको लागि मात्रै रहेछ ।’ उनले थपे, अनुदानको कुरै छोडौं हामीलाई सरकारले सस्तो ब्याजको लोनसमेत पत्यायनन् ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा मात्रै कृर्षि तथा बन पैदावारमा २० ओटा कम्पनी दर्ता भएका छन । २० ओटा कम्पनीको कुल पुँजी ५ अर्ब २६ करोड ६३ लाख रहेको छ भने १८७५ जनालाई पत्यक्ष रोजगारीको अवसर प्राप्त हुनेछन । 


 

प्रतिक्रिया दिनुहोस