
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्म १३ लाख बढी जनाले आवेदन दिएका छन् । संस्थाले शुक्रबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
आज आइतबार बिहान साढे १० बजेसम्ममा १३ लाख १५ हजार ३१० जनाले संस्थाको शेयर माग गरेका सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सेयर निष्काशन गरेको तेश्रो दिनको पहिलो हावरसम्ममा सो आवेदकले २ करोड ३८ हजार ९४० कित्ता सेयर माग गरिसकेका छन् । जुन संस्थाले सर्वसाधारमा माग गरेकोभन्दा १०.८४ गुणा बढी आवेदन हो ।
यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस