aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बीमा गरेको १५ दिनमै पदमराज पन्तको मृत्यु, एक करोड २४ लाख दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ असार २०७८
बीमा गरेको १५ दिनमै पदमराज पन्तको मृत्यु, एक करोड २४ लाख दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले डडेलधूरा शाखा कार्यालयबाट मृत्युदाबी भुक्तानी गरेको छ । शाखा कार्यालयले स्व. पदमराज पन्तको मूत्यु दाबी भुक्तानी स्वरुप आईतबार एक करोड चौविस लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

पन्तले सन २०२१ फेब्रअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन वीमालेख खरिद गरेका थिए । २०२१ को मार्च ६ तारिखमा उनको जिप दुर्घटनाका कारण मृत्यु भएको थियो ।

कम्पनीले बीमा गरेको १५ दिनमै मृत्यु भएका पन्तको श्रीमति बिमलादेबी पन्तलाई आज आइतबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस