
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्म १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ता शेयर माग गरेका छन् । संस्थाले शुक्रबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । आईपीओ जारी गरेको तेस्रो दिनमै माग गरेको भन्दा १२.६० गुणा बढी आवेदन परेको हो ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार साँझसम्म १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ता शेयर माग गरेका छन् । जुन माग भन्दा १२.६० गुणा बढी हो ।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस