aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराउन नाडाको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ असार २०७८
कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराउन नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकासंग कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ । अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्नीसियन र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराउन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारसंग गरेको अपिल गरेका हुन् । 

नाडाले भनेको छ- ‘निषेधाज्ञा खुकुलो भएसंगै अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा ख’ल्न थालेका छन् । यस क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफनो व्यवसायमा संलग्नभई आफनो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ ।’ 
 

प्रतिक्रिया दिनुहोस