
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले असार ९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने असार १६ गते बुधवार अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५० प्रतिशत हकप्रद विक्री गर्दा वितरण हुन नसकेको ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद शेयर लिलामी ल्याएको हो ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा न्यूनतम १०० देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने गरी लिलामीमा ल्याएको हो । यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै यो शेयर खरिदका लागि अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको कार्यालय, थापाथली, काठमाडौं र मुक्तिनाथ विकास बैंकको भक्तपु, ललितपुर, इलाम, इटहरी, पोखरा, सुर्खेत, नेपालगंज , धनगढी र जनकपुर शाखा कार्यालयमार्फत आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस