aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मूल्य समायोजनपछि पनि मंगलवार ३.७८ प्रतिशत घट्यो राधी विद्युतको शेयरमूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ असार २०७८
मूल्य समायोजनपछि पनि मंगलवार ३.७८ प्रतिशत घट्यो राधी विद्युतको शेयरमूल्य

काठमाडौं । मंगलवार ३६ दशमलव ५० प्रतिशत बोनस शेयरप्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको राधी विद्युतको शेयरमूल्य समायोजन पछि पनि घटेको छ । नेप्सेले कम्पनीको सोमवार कायम अन्तिम मूल्य रू. १ हजार १२० को आधारमा बोनस पछिको मूल्य प्रतिकित्ता रू. ८२१ तोकेको थियो । समायोजन पछिको मूल्यको आधारमा मंगलवार कारोबार खुला भएको कम्पनीको अन्तिम मूल्य रू. ७९० कायम भएको छ । 

समायोजन पछिको मूल्यदेखि पनि कम्पनीको शेयरमूल्य ३ दशमलव ७८ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३१ ले घटेको हो । मूल्य घटेको कम्पनीको शेयर कारोबार भने मंगलवार सबैभन्दा बढी भएको छ । करिब ७ अर्बको कारोबार भएको बजारमा राधी विद्युतको मात्र रू. ४९ करोड ८३ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो ।

राधी विद्युत कम्पनीले प्रस्तावित लाभांश सहित हकप्रद शेयर विक्रीको प्रस्ताव गर्दै असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् । बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले नगद लाभांश प्रस्ताव गरेको छैन् । बोनस शेयरको कर भने सम्बन्धीत शेयरधनीहरुलेनै तिर्नुपर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस