aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ असार २०७८
नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने असार १७ गते बिहिवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएसँगै १७ गते सम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
 
लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले आगामी असार ३१ गते २५औं साधारण सभा बोलाएको छ । उक्त सभामा भाग लिनका लागि पनि असार १७ गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य हुने भएका हुन । 

प्रतिक्रिया दिनुहोस