aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

ग्रेट वाल मोटरको प्रिमियम  एसयुभी र पिक अफ गाडी नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ असार २०७८
ग्रेट वाल मोटरको प्रिमियम  एसयुभी र पिक अफ गाडी नेपालमा

काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोटर आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ । 

नेपालमा आफ्नो उपस्थिति ग्रेट वाल मोटरले तीन गाडीहरुबाट सुरु गरिरहेको छ ।  जसमा एसयुभी वर्गमा थर्ड जेनेरेसन हुभाल एच ६ र हुभाल जोलियन छ भने, पिकअफ वर्गमा पोइर रहेको कम्पनीले जनाएको छ । दुवै मोडलहरुको look, interior space, overall performance, intelligence र safetyn लाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ । 

नेपालको लागि ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको भिजी इम्पेक्ससँग कार ब्रान्ड सम्बन्धि बिषेश अनुभवरहेको छ । राम्रो बनावट र प्रिमियम थर्ड जने हभाल एच ६ मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ, त्यसैगरी, हभाल जोलियन १.५ लि पेट्रोल टर्बो इन्जिन र पोइरमा २.० लि डिजल टर्बो इन्जिनरहेका छ ।

प्रतिक्रिया दिनुहोस