aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेको इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सर्वाधिक कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ असार २०७८
नेको इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सर्वाधिक कारोबार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार सर्वाधिक रकमको कारोबार भैरहेको छ । २ बजेर १५ मिनेटसम्मको कारोबार अवधिसम्म कम्पनीको रू. १८ करोड ६५ लाख ४ हजार बराबरको शेयर कारोबार भएको हो ।

 सर्वाधिक रकमको कारोबार भैरहेको कम्पनीको शेयरमूल्य पनि यस अवधिसम्म प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६५७ पुगेको छ । यो अवधिसम्म कम्पनीको ६२ हजार २२१ कित्ता शेयर खरिद माग रहेको छ भने ५२ हजार १७८ कित्ता शेयर विक्री माग रहेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न असार ३१ गते २५औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले असार १८ गते शुक्रवारदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने भएकाले बिहीवार कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको हो ।
 
 

प्रतिक्रिया दिनुहोस