
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेको इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन समायोजन गरेको छ । नेप्सेले शुक्रवार कम्पनीले प्रस्ताव गरेको १५ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको बिहीवार कायम अन्तिम मूल्य रू. १ हजार ६५० को आधारमा नेप्सेले बोनस पछिको मूल्य रू. १ हजार ४२९ तोकेको हो ।
आइतवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । आइतवारदेखि यस कम्पनीको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछैनन् । असार १७ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न योग्य भएका हुन ।
यस वर्ष कम्पनीले बोनस सँगै कर प्रयोजनका लागि शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न असार ३१ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले शुक्रवारदेखि सभा हुने दिनसम्म बुक क्लोजको मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस