aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ असार २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १६ हजार ४६४ कित्ता शेयर लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. ४२१ दशमलव ६३ मूल्यमा उक्त शेयर आगामी ३५ दिनभित्र खरिद आवेदन पेश गर्न सकिने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल कायम संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने जानकारी कम्पनीले दिएको छ । 

तोकिएको अवधिभित्र हाल कायम संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरिने समेत कम्पनीको भनाई छ । यो शेयर खरिदको आवेदन कम्पनी तथा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस