aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ असार २०७८
कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम

काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। निशान र ड्याटसनको आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ। महाराजगंज र बालकुमारीपछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार, कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै हाम्रो ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ र उपत्यका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने छ।

कम्पनीका अनुसार, काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्य सहित यो शोरुम सञ्चालनमा ल्याइएको हो। साथै अब उक्त शोरुम बाट पनि निशानको नयाँ लोगो भएको बिग. बोल्ड. ब्युटिफुलु म्यागनाइट खरिद गर्न सकिनेछ।
 

प्रतिक्रिया दिनुहोस