_20210702173946.jpg)
काठमाडौं । नागकि लगानी कोषको साधारणसभाले लाभांश पारित गरेको छ । आब २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।
उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार १२ करोड ३९ लाख ३४ हजार रुपैयाँ साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट लाभांश पारित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । खुद मुनाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु वार्षिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । कोषले यस आ.व.को जेठ मसान्तसम्ममा १ खर्व ७२ अर्ब रुपैयाँ रकम संकलन र १ ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ ।
यस आ.व. मा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगतदेखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवाहरु समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् ।
कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आवद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिएको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।
कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रमहरुमा ल्ीप् ध्भद द्यबकभम क्यातधबचभ पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको ऋन्ब्क् सफ्टवेयरमा म्बतब आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।
आर्थिक बर्ष २०७५/७६ को साधारण सभामा यहाँहरुले उठान गर्नु भएका अधिकांश सुझाबहरुलाई कोषले महत्वका साथ कार्यान्वयन गरिसकेको छ । केही कार्यान्वयनको चरणमा रहेको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस