aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

घोडाघोडी लघुवित्तको आईपीओ आजदेखि खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
घोडाघोडी लघुवित्तको आईपीओ आजदेखि खुला

काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गते अर्थात शुक्रबार आजदेखि निष्काशन बिक्री खुला गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ निष्काशन गरेको हो । 

उक्त आईपीओ छिटोमा असार २५ र ढिलोमा साउन १९ गतेसम्म बिक्रीमा रहनेछ । आवेदकले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था छ । 

१ करोड ४३ लाख ६५ हजार चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँडपश्चात २ करोड ७६ लाख  २५ हजार रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस