aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल हाइड्रोपावरको स्थगित सभा फेरि असार ३१ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
नेशनल हाइड्रोपावरको स्थगित सभा फेरि असार ३१ गते हुने

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको स्थगित २४ औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । यस अघि चैत २७ गतेका लागि बोलाएको सभा गणपुरक संख्या नपुगेकाले स्थिति गरिएको थियो । कम्पनीको असार १७ गतेको सञ्चालक समितिको बैठकले विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै गत चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ ।

सभाको विशेष प्रस्तावमा लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेले आयोजन निर्माण गर्न लिएको ऋणको कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिले गरेको निर्णयलाई अनुमोदन गर्ने र अन्य हाइड्रो कम्पनीसँगै मर्जर तथा प्राप्ती प्रकृयामा जाने विषय रहेको छ ।

सभा प्रयोजनका लागि भने यस अघि तय गरेकै बुक क्लोज मितिलाईनै लागू गर्ने कम्पनीको भनाई छ । यस अघि स्थगित सभाका लागि कम्पनीले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस