aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

यसकारण लोकप्रिय बन्यो होण्डा ‘सीबी ३५० डीएलएक्स’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
यसकारण लोकप्रिय बन्यो होण्डा ‘सीबी ३५० डीएलएक्स’

काठमाडौं । होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएकोे ‘सीबी ३५० डीएलएक्स’ ले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ । होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्स्ले बाइकरहरुको मन लोभाएको छ ।  

केहि साता अघि लन्च गरिएको यस बाइक आज स्टक आउट भएको छ । साथै, अब उपरान्त बाइक खरिद गर्न इच्छुक बाइकरहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्ने कम्पनीले जनाएको छ । 

आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको छ । ३००० आरपिएममा ३० एन एम टर्क र ५५०० आरपिएममा २१.०७ पिएसको अधिक्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहितको एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच, डिजिटल मिटरहरु उपलब्ध रहेका छन् । 

प्रतिक्रिया दिनुहोस