
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा हालसम्ममा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हालसम्मसम्म २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुला भएको थियो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस् रेटिङ्ग प्रदान गरेको छ ।
यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस