
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । साधारण सभामा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र अन्य कम्पनीसँग गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि २९ गतेसम्म बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस