aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सहारा विकास बैंकद्वारा ५.३२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
सहारा विकास बैंकद्वारा ५.३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले विगत तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल ५ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असार २२ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड २२ लाख ७० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस