
काठमाडौंं । नेपाल सरकार भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाइ नगर्ने निर्णयमा पुगेको छ । आम नेपालीको स्वास्थ्यमा प्रत्यक्ष रुपमा हानीपुर्याउने खालका विषादीयुक्त भारतीय तरकारी तथा फलफूलको नाकामा नै परिक्षण शुरु भएको थियो ।
तर, केहि दिनअघि यस्तो परिक्षण नगरि निर्वाद रुपमा विषादीयुक्त तरकारी तथा फलफुल नेपाल भित्रिन पाउनु पर्ने माग सहित नेपालस्थिति भारतीय दूतावासले पत्र नै काटेर विषादी जाँचको प्रक्रियप्रति गम्भिर आपत्ति जनाएको थियो ।
आफूलाई सत्तामा पुर्योउने जनताको स्वास्थ्यभन्दा भारतीय आशिर्वाद प्यारो मान्ने निकर्षमा वर्तमान सरकार पुगेको यसबाट प्रष्ट भएको छ । समाचार स्रोतका अनुसार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा उक्त विषादी मापनलाई निरन्तरता दिने आसय सहितको पत्र भारतीय दूतावासमा दिने तयारी भइरहेको थियो । तर, सरकारले भारतीय दवाव थेग्न नसकेपछि विहीबारको मन्त्रिपरिषद्को वैठकबाटै ६ महिनाको लागि भन्दै विषादी परिक्षण गर्ने प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
यसोत, सरकारले विषादी परिक्षणका लागि आवश्यक पूर्वाधार नभएका कारण मात्र हाललाई स्थगित गरेको दलिल गरेको छ ।तर, समाचार स्रोत भन्छ, ‘भन्नलाई जे भने पनि यो सरकारको लज्जास्पद निर्णय हो नेपाल जनताको स्वास्थ्यप्रति खेलवाड हो भने भारतीयका सामु नेपाल सरकारको टिठ लाग्दो सम्पसार हो ।’
स्मरण रहोस, नेपाल सरकारले असार २ गते राजपत्रमा सूचना नै प्रकाशित गरी भन्सारमा विषादीको अवशेष परिक्षण र क्वारेन्टाईन नीति ल्याएको थियो । त्यसको दुइसातापछि भारतले आफ्ना किसानहरु नेपाल सरकारको यस्तो नीतिबाट अप्ठ्याएर परेकोभन्दै नेपाल सरकारलाई पत्र लेखि यस्तो परिक्षण नगर्न भनेको थियो । सोहि आग्रहलाई सिरोधार्या गर्दै नेपाली जनताको स्वास्थ्यभन्दा भारतीय किसानको हित रक्षाका लागि क्याविनेटले राजपत्रलाई लत्याउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस