aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

जापानीज विद्युतीय कारको बुकिङ्ग खुल्यो, मूल्य कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
जापानीज विद्युतीय कारको बुकिङ्ग खुल्यो, मूल्य कति पर्छ ?

काठमाडौं । निसान कम्पनीले पायोनियर मोटो कर्पले नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । जिरो इमिसन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन भएको कम्पनीको दावी छ  । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो ।

निर्माता कम्पनीको उद्देश्य समाजमा सवारी साधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पु¥याउनु हो । यसको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ । 

निशान मोटर इंडियाका अध्यक्ष सिनान ओजकोकका अनुसार, “विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोश्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो । निसान को ’निसान इन्टेलीजेन्ट मोबीलीटी’ अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ । दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकहरु प्रतिको आत्मविश्वास र उत्साहजनक जिवनलाई पनि निरन्तरता दिनेछौं ।“ 

लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्प प्रा.लि.का प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्छन, “इलेक्ट्रिक भेहिकलका विशेषताहरु र उपयोगिताबारे हाम्रा आदरणीय ग्राहकहरुलाई जानकारी गराउनुका साथै अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल हो । शून्य प्रदुषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी छ । निसान लिफ ई.भी.ले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजिकरण गर्ने पनि उहाँले उल्लेख गरे ।

यस्को इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट हावरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् ।  घरमा नै  डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

इन्टेलिजेन्ट ड्राइभिङ्ग अन्तर्गत निसान लिफको इ–पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिने कम्पनीको दावी छ ।

निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिङ्गल–टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ । निसान लिफ ई.भी.बाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ ।निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस