aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन लाइफको आईपीओमा दोस्रो दिनसम्म करिब ३ गुणा बढीको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ असार २०७८
युनियन लाइफको आईपीओमा दोस्रो दिनसम्म करिब ३ गुणा बढीको आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा करिब तीन गुणा भन्दा बढीको आवेदन परेको छ । असार २४ गतेबाट निष्काशन भएको यस कम्पनीको आईपीओको दोश्रो दिन नै २.९४ गुणाको आवेदन परेको हो ।  

६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएको थियो । निष्काशनको दाश्रो दिन अपरान्ह ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।   

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस