
काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरु तर्फको शेयर स्वामित्व १० प्रतिशत घटाउने भएको छ । कम्पनीले बीमा समितिको स्वीकृति बमोजिम हाल कायम ७० प्रतिशत संस्थापक शेयर स्वामित्व ६० प्रतिशतमा झार्न लागेको हो ।
कम्पनीको वार्षिक साधारण सभाले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने निर्णय भएकोमा बीमा समितिले संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्न निर्देशन दिएको कम्पनीको भनाई छ ।
संस्थापक तर्फ कम हुने १० प्रतिशत शेयर भने सर्वसाधारणमा परिणत हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रहेको छ । यस अघि कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।
प्रतिक्रिया दिनुहोस