aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ सोमबार बिहान ९ः३० बजे एनएमबी क्यापिटलको कार्यालयमा हुने भएको हो । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।  

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियो । 

प्रतिक्रिया दिनुहोस