aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं, भाग्यमानी ३६ हजार ३४९ जनाले मात्र शेयर पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं, भाग्यमानी ३६ हजार ३४९ जनाले मात्र शेयर पाउने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमवार विहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आज विहान ९ः३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।  

कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो । 

सर्वसाधारणका लागि छुट्याईएको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरेको छ । 

सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओको अन्तिम बाँडफाँट सोमवार हुन लागेको हो । मागभन्दा करिब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरुमध्यबाट थप २ जनाले एक एक कित्ताका दरले पाउँनेछन् । 
 

प्रतिक्रिया दिनुहोस