aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । असार २४ गते बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरिद गर्ने सोमवार अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ छिटो अवधि असार २८ गतेसम्म मात्र विक्री गर्न लागिएको हो । 

कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओमध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । 

हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस