
काठमाडौं । दूग्ध विकास संस्थान (डिडिसी) ले किसानहरुको चैत १५ गतेसम्मको भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको २० करोड रुपैयाँ सहुलियत ऋणबाट दूग्ध विकास संस्थान (डीडीसी) ले किसानको भुक्तानी दिएको हो ।
अब असारसम्मको ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको डीडीसीका मार्केटिङ प्रबन्धक संजीव झाले जानकारी दिए । उनले भने, “डिडिसीले सामान्य अवस्थामा महिनामादुई पटक किसानलाई भुक्तानी गर्दै आएको थियो तर कोरोना महामारीमा दूग्ध वस्तु बिक्रि नभए पछि सो भुक्तानी रोकिएको हो ।” बजारको चहलपहल बढेसंगै बाँकि रहेको किसानको भुक्तानी डिडिसी आफैले व्यवस्थापन गर्न सक्ने झाले बताए । दूग्ध वस्तुहरु डिडिसीमा मौज्दात तर बजार नपाएका कारण किसान भुक्तानी नपाउदाँ मार्कामा परेका थिए ।
निषेधाज्ञाको समयमा पनि दैनिक १ लाख ६० हजार लिटर दूध खपत भइरहेको थियो । निषेधाज्ञा अघि १ लाख ८० हजार लिटर दूध खपत हुन्थ्यो । तर हाल कोभिड पछि दूधको खपत केहीमात्रमा बढेको झाले जानकारी दिएका छन् ।
गतवर्षको कोरोनाको असरका कारण दूग्ध क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । कोरोनाको पहिलो लहर र दोस्रो लहरले दुधको खपतमा ४० प्रतिशतको हाराहारीमा घटेको छ । अहिले दूधको खपत सँगै दूधको संकलनमा समेत कमी आएको उनले बताए । असार, साउन र भदौ महिनामा स्थानीयहरुले बढी दूग्धजन्य वस्तु प्रयोग गर्ने भएको संकलनमा कमी आउनथालेको उनले बताए ।
हाल डीडीसीसँग १ हजार ६२ मेट्रिकटन धुलो दूध स्टकमा रहेको छ । ४२५ मेट्रिकटन बटर स्टकमा रहेको छ । झाले डीडीसीसँग १ अर्ब रुपैयाँ बढीका सामानअझै स्टकमा रहेको बताए । दूग्ध उत्पादन सबैभन्दा धेरै होटल, रेष्टुरेन्टमा खपत हुने गरेकोमा हाल सबै बन्द हुँदा नकरात्मक असर पर्न गएको हो ।
प्रतिक्रिया दिनुहोस