aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा मागभन्दा करिब ६ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा मागभन्दा करिब ६ गुणा बढी आवेदन

 काठमाडौं । असार २४ गते बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरिद गर्ने अवधि सकिएको छ ।

कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओमध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २८ गतेसम्म मात्र आईपीओ विक्री खुला गरेको हो । 

सोमवार साझ ५ बजेसम्म कम्पनीको सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि २१ लाख ५० हजार ४७८ जनाले ३ करोड ४० लाख १० हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५ दशमलव ८५ गुणा बढी आवेदन हुन आउँछ ।

हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गरेका हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस