aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्स फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
समृद्धि फाइनान्स फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर असार २९ गते बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी पुनः लिलामीमा आएको हो । 

कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकेको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस