aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वैवाहिक बर्षगाँठमा ५०-५० लाखको सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० असार २०७८
वैवाहिक बर्षगाँठमा ५०-५० लाखको सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

 बुटवल । बैबाहिक जीवनको २७ औ बर्ष पुरा भएको अवसरमा एक दम्पती जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन्। । बुटवल ३ , रुपन्देही  बस्ने  अधिवक्ता सागर मणि पोखरेल र  शिक्षक  कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई  ५०-५०  लाखको  बिमा  पोलिसी दिई  आफ्नो बर्षगाठ  फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन । कार्यक्रम बुटवलको योगिकुटीस्थित होटेल द बुटवलमा सोमबार बिहान ११ बजे भएको थियो ।  

लामो समयदेखि समाजसेवामा गर्दै आएका सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी , बैंकका संस्थापक लगायत विभिन्न बित्तिय क्षेत्रमा  रहृका छन भने  लामो समयदेखि बिमाको क्षेत्रमा पनि काम गर्दै आएका छन । बिहानमा क्याम्पस र दिउसोमा सरकारी विद्यलयमा अध्यापन गराउदै आएकी कमलाले,  सिटिजन लाइफमा  आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बिमा गरेको बताइन ।  

अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफुले खरिद गरेका सबै बिमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिनुभएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफुले बिमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको बताए ।  कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले  उनहरुले खरिद गरेको बिमा पोलिसी सबैभन्दा उत्तम रहेको बताउदै उनहरुलाई अझ बढी सफलता र सुखी जीवनको  शुभकामना  ब्यक्त गरेका थिए भने   पोखरेल दम्पति लाइ रातो टिका सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।  

हरेक बर्ष विभिन्न रचनात्मक कार्य गर्दै आउनुभएका पोखरेल दम्पतिले आफ्नो अनुभव सुनाउदै अहिलेसम्म ७ वटा बिमा पोलिसी परिपक्क भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरुको लागि एकदमै सहयोगी भएको बताए । जन्मोत्सव कार्यक्रममा सिटिजन लाइफ भैरहवा एरिया प्रमुख नरेश सिग्देल, परासी शाखा प्रमुख दिपक थापा छेत्री सहित १५ जना एजेन्सी म्यानेजरको  पनि उपस्थिति रहेको  भलवारी शाखाका शाखा प्रबन्धक रवि काफ्लेले जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस