aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आँधिखोला लघुवित्तको आइपीओ आजदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
आँधिखोला लघुवित्तको आइपीओ आजदेखि

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर९आइपीओ० आजदेखि खुला भएको छ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गते (आइतबार)देखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने छ  । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका अनुसार सिआस्वा भएका बैंक तथा वित्तीय संस्थाबाट शेयर आवेदन दिन सकिने छ । 

स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुलेको हो । जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ ।

प्रतिक्रिया दिनुहोस