
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आ.व. २०७६/७७ को १४औंंंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट चुक्तापूंजीको ०.५६८९ प्रतिशतले हुन आउने नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समायोजनार्थ) र ११ प्रतिशते बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सो संग सम्बन्धित सम्पुर्ण अनुसूचीहरु पारित गर्ने, कम्पनीको हाल कायम रहेर्कोे साथै आ.ब २०७७/०७८ का लागि लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पारित गरिएको छ।
कम्पनीले आफ्नो लक्ष्य हासिल गरि अघिल्लो आ.बको तूलनामा ३.५६ प्रतिशतले व्यवसाय वृद्धि भई १ अर्ब १५ करोड रुपैयाँ बराबर प्रिमियम आर्जन गरी खुद मूनाफा एनएफआर अनूसार ३९ करोड ४० लाख ६५ हजार रुपैयाँ आर्जन गरेको जानकारी गराए ।
भर्चूअल विधि मार्फत गरिएको यस कम्पनीको साधारण सभामा भर्चुअल मार्फत 91 जना शेयरधनीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृतले चालु आ.ब २०७७/०७८ मा कम्पनीले ज्ञ अर्व ५० करोड रुपैयाँ वीमा शुल्क संकलन गरेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस