aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वोमी लघुवित्तको शत प्रतिशत हकप्रद शेयर साउन ९ गतेदेखि खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
वोमी लघुवित्तको शत प्रतिशत हकप्रद शेयर साउन ९ गतेदेखि खुल्ला

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर साउन  ९ गतेदेखि बिक्री निष्काशन गर्ने भएको छ ।

कम्पनीको १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीमा एक शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपात अर्थात शत प्रतिशतकादरले १० लाख १० हजार ८८० कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर असार २७ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाउने छन् । हकप्रद शेयर खुल्ला साउन ९ गतेदेखि भदौ ११ गतेसम्म भर्न पाउनेछन् ।

हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ । लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस