aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साठी प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जानेको सङ्ख्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
साठी प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जानेको सङ्ख्या

काठमाडौं । कोरोना महामारीको बिच पनि देशमा विप्रेषण आप्रवाह बढेको छ ।  आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१.१ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस