
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार ३० गते नियुक्ती पाएका भट्टराईले श्रावण १ गते शुक्रबार देखि आफ्नो कार्यभार सम्हाल्ने भएका छन् ।
सन् १९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका भट्टराईले युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्समा करिब दुई दशक बढीको अनुभव बटुलेका छन् ।
प्रतिक्रिया दिनुहोस